२० पुस, बुटवल । माघीका अवसरमा प्रदेश ५ मा २ दिन सार्वजनिक बिदा दिने भएकाे छ ।

प्रदेश नं. ५ सरकारले आगामी माघ १ र २ गते सार्वजनिक बिदा दिने भएको छ ।

गतवर्ष पनि प्रदेश ५ सरकारले माघी पर्वको अवसरमा २ दिन बिदा दिएको थियो । मन्त्रिपरिषद्को बैठकले फागुन १० गतेदेखि १२ गतेसम्म ३ दिन दाङमा प्रदेश स्थापना एक्स्पो गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारले गरेका गतिविधि एवं सूचना, प्रविधिसहितको एक्स्पो गर्न लागिएको प्रवक्ता
बैजनाथ चौधरीले बताए ।