२२ पुस, काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला आज पनि जारी छ ।

पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजेदेखि सुरुहुने जिल्ला सभापतिहरुको छलफलले सस्थापन पक्षलाई दिने दवावका विषयमा थप निर्णयहरु गर्नेछ ।

पार्टीको महाधिबेशन जस्तो विषयमा सहमति नगरी पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गरेपछि असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै बहुमतबाट भएका सवै निर्णय फिर्ता हुनेपर्ने माग राख्दै आएको छ ।