२२ पुस, काठमाडौं ।  गण्डकी प्रदेश सभाको हिउँदे अधिवेशन २३ पुसदेखि सुरु हुने भएको छ ।

गण्डकी प्रदेश सरकारका प्रवक्ता रामशरण बस्नेतका अनुसार पोखरा–३ नदीपुरस्थित प्रदेश सभा भवनमा २३ गते ११ बजे बैठकका लागि आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

बर्खे अधिवेशनलाई बजेट अधिवेशन र हिउँदे अधिवेशनलाई कानुन तथा नीति नियम बनाउने अधिवेशनका रूपमा लिने गरिन्छ ।

गत असोज १४ मा बर्खे अधिवेशन सम्पन्न भएको थियो । चौथो अधिवेशन सकिएको ९९ दिनपछि पाँचौँ अधिवेशन सुरु हुन लागेको हो ।