२२ पुस, वीरगञ्ज । अवैध रूपमा नेपाल प्रवेश गर्न लागेका एक तिब्बती र ४ भुटानी नागरिकलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ ।

नेपाल भारत मैत्री सेवा’ बसमा चेकजाँचका क्रममा राहदानी नभएका ४ जना भुटानी र एक जना तिब्तियन नागरिकलाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी नायब उपरिक्षक अमर खत्रीले जानकारी दिए । 

पक्राउ पर्ने भुटानी नागरिकहरु १९ वर्षीया चुन्डु लाम्हो, ४३ वर्षीय चोडेन तमाङ, ६५ वर्षीय डोल्मा तमाङ, ७० वर्षीय ज्ञानबहादुर तमाङ रहेका छन् । त्यस्तै पक्राउ परेका तिब्बती नागरिकमा ४० वर्षीय कुनचोक ट्सोमो तिब्तियन नागरिक रहेका छन् ।