२३ पुस, काठमाडौं । लोकसेवा आयोगले नायव सुब्बा ५४८ जनाका लागि विज्ञापन खुलाएको छ । आयोगले बुधबार आयोगका विभिन्न कार्यालयबाट विज्ञापन खुलाएको हो ।

आयोगको कार्यालय धनकुटा, जलेश्वर, काठमाडौं, पोखरा, बुटवल, सुर्खेत, दीपालयबाट खुला तथा समावेशी र आन्तरिक बढुवाका लागि विज्ञापन खुलाएको हो ।

आयोगका अनुसार योग्यता पुगेका इच्छुक आवेदकले माघ १४ गतेसम्म र दोब्बर दस्तुर माघ २१ गतेसम्म फारम भर्न सक्नेछन् ।