२३ पुस, काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण दुई दिनसम्म देशभर वर्षा हुने मौसमविदले बताएका छन् । शुक्रबारबाट मात्र मौसममा सुधार आउने पूर्वानुमान गरिएको छ ।

अहिले काठमाडौं उपत्यकाको आकास बादल लागेर धुम्म छ । गएराति हल्का पानीसमेत गरेको थियो । पश्चिम क्षेत्रमा पनि पानी परिरहेको छ ।

पौष २३ गते बुधबारको मौसम पूर्वानुमान

दिउँसो : देशभर सामान्य देखि पूर्ण बदली रही पश्चिम र मध्यका केहि स्थानहरुमा हल्का देखि मध्यम बर्षाको संभावना छ। पूर्वी भू-भागमा हल्का बर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ। 

रातीः देशभर सामान्य बदली रही पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको संभावना छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको छ।