२३ पुस, काठमाडौं । इरानको तेहरान विमानस्थलमा १८० जना यात्रु बोकेको विमान दुर्घटना भएको छ ।

युक्रेनी बोइङको ७३७ विमान तेहरान विमानस्थल नजिक दुर्घटनामा परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

तेहरानस्थित इमाम खुमेनी विमानस्थलबाट उडेको केहीबेरमा विमान दुर्घटना भएको बताइएको छ । क्षतिको विवरण आइसकेको छैन ।

इरानी टेलिभिजनहरुले प्राविधिक कारणले विमान दुर्घटना भएको बताए पनि विस्तृतमा खुलाएका छैनन् ।