२३ पुस, काठमाडौं । सुनकाे मुल्यले नेपालमा ऐतिहासिक रेकर्ड राखेकाे छ ।

मंगलबार तोलामा ७५ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार
७६ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै मंगलबार तेजावी सुन तोलामा ७५ हजार २ सयमा कारोबार भएकोमा आज बुधबार ७६ हजार २ सय पुगेकाे छ ।

बुधबार चाँदीकाे मुल्यमा २० रूपैया बढेर ताेलाकाे ९ सय २० रूपैयामा कारेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।