२३ पुस, काठमाडौं । पहिरो रोकथामको काम नसकिएपछि आज र भोलि दिउँसोे पनि
नारायणगढ–मुग्लिन सडकखन्डको सडक बन्द हुने भएको छ ।

सडक आयोजनाले सूचना जारी गर्दै ढुंगा झार्ने र अन्य रोकथामका काम नसकिएकोले थप दुई दिन दिउँसो सडक बन्द हुने जनाएको छ ।

गत मंसिर २७ गतेदेखि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरी काम हुँदै आइरहेको छ ।