२३ पुस, काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षका जिल्ला सभापतिहरुको भेला भोली सम्म लम्बिने भएको छ ।

आज सभापतिहरुको बोल्ने क्रम सकिए मात्रै भेलाको समापन गरिने बताइएको छ ।

पार्टी केन्द्रीय कार्यलयमा विहान ११ बजेदेखि सुरुभएको जिल्ला सभापतिहरुको छलफलले सस्थापन पक्षलाई दिने दवावका विषयमा भ्याए आज र नभ्याए भोली निर्णयहरु सार्वजनिक गर्ने नुवाकोट जिल्ला सभापति जगदिश्वरनरसिंह केसीले जानकारी दिए ।

पार्टीको महाधिबेशन जस्तो विषयमा सहमति नगरी पार्टी सभापति शेरबहादुर देउवाले बहुमतका आधारमा निर्णय गरेपछि असन्तुष्ट पक्षले केन्द्रीय समितिको बैठक बहिस्कार गर्दै बहुमतबाट भएका सवै निर्णय फिर्ता हुनेपर्ने माग राख्दै आएको छ ।

अहिले सम्म २९ जना जिल्ला सभापतिहरुले धारण राखिसकेका छन् ।