२३ पुस, काठमाडौं । प्रहरीले ३८ बोरा छोहडा बेवारिसे अवस्थामा फेला पारेकाे बताएकाे छ ।

जिल्ला प्रहरी कार्यालय बारा तथा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको संयुक्त प्रहरी टोलीले उक्त छोहडा फेला परेकाे बताएकाे छ ।

भारत तर्फ निकासीको लागी लुकाई छिपाई राखेको प्रहरीकाे अनुमान रहेकाे छ ।

अन्दाजी रू. तीन लाख ८० हजार मुल्य बाराबरकाे ३८ बोरा (अन्दाजी १९ क्विन्टल) प्रहरीले बरामद गरी आवश्यक कारवाहीको लागी मुल भन्सार कार्यालय बिरगंज पर्सामा पठाईएको प्रहरीले जानकारी दिएकाे छ ।