२३ पुस, एजेन्सी । युक्रेनमा एक यात्रु बाेकेकाे हवाई जहाज दुर्घटना हुँदा जहाजमा सवार एक सय ७६ जनाकै ज्यान गएकाे छ ।

दुर्घटनामा विमानमा सवार सबैको ज्यान गएकाे इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

जहाजमा सवार एक सय ६७ जना यात्रु र ९ जना चालक दलका सदस्यकाे ज्यान गएकाे विमानस्थलका वरिष्ठ जनसम्पर्क कार्यालयका अली खशानीलाई उद्धृत गर्दै प्रेस टिभीले भनेकाे छ ।