२४ पुस, काठमाडौं । सुनकाे मुल्यले नेपालमा ऐतिहासिक रेकर्ड राखेकाे भाेलीपल्ट अर्थात
आज सुनकाे मुल्य घटेकाे छ ।

बुधबार तोलामा ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार
७५ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेकाे नेपाल सुनचाँदी महासंघले जानकारी दिएकाे छ ।

यस्तै बुधबार तेजावी सुन तोलामा ७६ हजार २ सयमा कारोबार भएकोमा आज बिहीबार ७५ हजार २ सय पुगेकाे छ ।

बिहीबार चाँदीकाे मुल्यमा २० रूपैया घटेर ताेलाकाे ९ सय रूपैयामा कारेबार भइरहेकाे महासंघले जानकारी दिएकाे छ ।