२४ पुस, मकवानपुर ।  मकवानपुर प्रदेश–३ को स्थायी राजधानी र नामाकरणको विषयमा सहमति खोज्नका लागि बसेको  नेकपा प्रदेश संसदीय दलको बैठक बिनानिष्कर्ष स्थगित भएको छ ।

बिहीबार बिहान ८ बजेबाट हेटौंडास्थित मुख्यमन्त्री डोरमणि पौडेलको निवासमा बसेको संसदीय दलको बैठकमा ठोस सहमति नजुटेपछि शुक्रबार पुनः बस्ने गरी बैठक स्थगित भएको हो ।