२४ पुस, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य जितेन्द्र नारायण देवले सभामुख चयनको प्रक्रिया अबिलम्ब अघि बढाउन माग गरेका छन्।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै उनले सभामुख चयनको प्रक्रिया अघि बढ्न नसक्दा राजनैतिक र संवैधानिक प्रश्न उठ्नुका साथै विधायिकाको मानहानी भएको भन्दै तत्काल सभामुख चयन प्रक्रिया अघि बढाउन माग गरे।

उनले संवैधानिक व्यवस्था र समग्र लोकतान्त्रिक प्रणाली नै नेकपाका शिर्ष नेताको निरंकुशतावादमा पर्दै गएको आरोप लगाए।

उनले भने ‘यो मुलुकमा सभामुखको निर्वाचन या प्रदेशको नामाकरणजस्ता विषय एउटा-दुईटा शिर्ष नेताहरुका कारण बन्दी हुने? यो निकै गम्भीर राजनैतिक र संवैधानिक प्रश्न तेर्सिएको छ।’