२४ पुस, काठमाडौं । मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकको निर्णय सार्वजनिक भएको छ । बिहीबार सूचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले मन्त्रालयमा पत्रकार सम्मेलन गरी निर्णय सार्वजनिक गरेका हुन् । 

बैठकले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानुनलाई संशोधन र एकीकृत गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिनुका साथै महाकाली सिंचाइ आयोजनाको नहल निर्माणका लागि बन प्रयोग गर्न स्वीकृतिलगायतका १४ निर्णय गरेको छ।