२५ पुस, जनकपुरधाम ।  अवैध रुपमा भइरहेकाे खोला उत्खननकाे विरोध गर्दा धनुषामा एक युवकको टिप्परले किचेर हत्या गरिएको छ ।

धनुषाकाे मिथिला नगरपालिकाकाे औरही खोलामा शुक्रबार बिहानै श्रीपुर निवासी २४ वर्षीय ओमप्रकाश भन्ने दिलिपकुमार महतोको टिप्परले किचेर हत्या गरिएको हो ।

उनले अवैध रुपमा खाेलाबाट बालुवा गिट्टी उत्खन्न गर्न दिन नहुने भन्दै विराेध गर्दै आएका थिए ।  

ना ७ ख ६४१३ नम्बरकाे टिपर चालकले तिमी रोक्ने को हो भन्दै टिपर नै उनीमाथि
टिप्पर चलाइदिएका उनीसँगै गएका प्रत्यक्षदर्शी राेशन यादवले बताएका छन्।

भारतमा इन्जिनियरिङ अध्ययनरत ओमप्रकाशको टिप्परले टाउकोमै किचेर हत्या गरिएको स्थानीयको आरोप छ ।