२७ पुस, काठमाडौं । सभामुखका सम्बन्धमा टुंगो लगाउन प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल भइरहेको छ ।

सो छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि उपस्थित छिन् ।

नेकपाको सचिवालय बैठकले शनिबार उपसभामुख तुम्बाहाम्फेलाई पदबाट राजीनामा दिन भनेको थियो । तर उनले राजीनामा नदिने बताएकी थिइन् ।

प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो १ बजेका लागि बोलाइएको छ, तर अहिलेसम्म सभामुखको टुंगो लागेको छैन ।