२७ पुस, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा सभामुखको कुरा नमिलेपछि प्रतिनिधिसभा बैठक फेरि पनि स्थगित भएको छ ।

यसअघि पुस ४ गते बसेको बैठक त्यसयता पटकपटक सूचना टाँस गरेर स्थगित हुँदै आएको छ । पुस ११, पुस १६ हुँदै पुस २७ लाई राखिएको बैठक पनि बस्दै नबसी माघ ६ गतेसम्मलाई स्थगित गरिएको हो ।

सहमतिको प्रयासमा प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहानैदेखि शीर्ष नेताहरुबीच छलफल भएको थियो । छलफलमा उपसभामुख शिवमाया तुम्बाहाम्फे पनि सहभागी थिइन् ।

तुम्बाहाम्फेले आफूले उपसभामुखबाट राजीनामा नदिने अडान राख्दै आएकी छन् ।