२७ पुस, काठमाडौं ।  झापाको बिर्तामोड नगरपालिका-१ पश्चिम बसपार्कबाट नियन्त्रीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले दमक नगरपालिका-३ का ३५ बर्षीय सनबिर तामाङ र फिदिम नगरपालिका-२ की २० बर्षीया अन्जना ढुङगानालाई १० ग्राम नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

लागऔषध सहित पक्राउ परेका दुवैजनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।