२७ पुस, काठमाडौं । ओखलढुङगाको चिसंखुगढी गाउँपालिका-४ नवलपुर स्थित छांगे खोलाको दहमा डुबेर एक जनाको मृत्यु भएको छ ।
शनिबार साँझ ५ बजेको समयमा स्थानीय ६९ बर्षीय जसधन राई मिलबाट घर तर्फ फर्कने क्रममा उक्त दहमा डुबेर मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछी प्रहरीलाई खबर गरेका थिए ।
घटनाबारेमा जानकारी पाउनासाथ घटनास्थल सुरक्षार्थ बिमानस्थल सुरक्षागार्ड रुम्जाटारबाट प्रहरीको टोली खटिएको थियो ।
कानूनी प्रकृया तथा थप अनुसन्धानको लागी जिल्ला प्रहरी कार्यालय ओखलढुङगाबाट प्रहरीको टोली खटि गई अनुसन्धान भईरहेको उक्त जनाएको छ ।








