२८ पुस, काठमाडौं ।  प्रहरीले बुद्धचित्त र रुद्राक्ष सहित तीन जना पक्राउलाइ पक्राउ गरेकाे छ ।

मकवानपुरबाट खटिएको प्रहरी टोलिले काठमाण्डौबाट भारत तर्फ जाँदै भारतिय कारलाई चेकजाँच गर्दा झोलामा लुकाई छिपाई राखेकाे अवस्थामा बुद्धचित्त र रुद्राक्ष बरामद गरेकाे हाे ।

उनिहरूकाे साथबाट बुद्ध चित्त माला १७७० थान र रुद्राक्ष को माला १४४ थान बरामद भएकाे प्रहरीले जानकारी दिएकाे छ ।

पक्राउ पर्नेमा भारतीय नागरीक मुन्ना यादव, काभ्रेका जगत लामा र सुर्यमान तामाङ रहेका छन ।

उनिहरूलाइ आवश्यक कारवाहीको लागी वन कार्यालय तर्फ पठाउने कार्य भईरहेको प्रहरीले जानकारी दिएकाे छ ।