२८ पुस, काठमाडौं । इरानी सेनाले युक्रेनी विमान भुलवश खसालेको स्वीकार गरेपछि तेहरानमा आइतबार पनि सरकारविरुद्ध प्रदर्शन भएको छ ।

अमेरिकी हवाई आक्रमणमा इरानी सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिका र इरानबीचको तनाव बढिरहेको छ ।

तेहरानमा भएको विमान दुर्घटनामा एक सय ७६ जनाको ज्यान गएको विषयमा सरकारले झुट बोलेको भन्दै प्रदर्शन सुरु भएको हो ।  

इरानको राजधानी तेहरानमा अमीर काबिर विश्वविद्यालयको बाहिर इरान सरकारविरुद्ध प्रदर्शन गरिएको थियो।

उनीहरूले खामेनीले राजीनामा दिनुपर्ने माग गरेका पोस्टर लिएका थिए। उनीहरूले विमानमा मारिएका इरानीलाई श्रद्धाञ्जलि पनि दिएका छन्।