२८ पुस, जनकपुरधाम । प्रदेश २ सरकारले दिलीपको परिवारलाई पाँच लाख दिने प्रदेश सरकारको घोषणा गरेकाे छ ।

नदी उत्खननको विरोध गरेकै कारण हत्या गरिएका धनुषाको मिथिला नगरपालिका-५ का दिलीप महतोको परिवारलाई प्रदेश २ सरकारले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

सोमबार बिहान बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले दिलीपको परिवारलाई ५ लाख आर्थिक सहयोग गर्ने निर्णय गरेको हो ।