२८ पुस, काठमाडौं ।  गत शुक्रबारबाट रोकिएको झरी फेरि सुरु हुने भएको छ । भू–मध्य सागरको वायुको प्रभाव सक्रिय हुने भएकाले फेरि हिउँदे झरी सुरु हुने भएको छ ।

सोमबार रातिबाट सुरु हुने उक्त वायुको प्रभाव बिहीबार र शुक्रबार फैलने पूर्वानुमान महाशाखाले जनाएको छ ।

आगामि २४ घण्टाको माैसम आंकलन

पश्चिम तराईः अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ।

मध्य तराईः  अधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ।

पूर्व तराईःअधिकांश स्थानमा हुस्सु/कुहिरो लागेको छ र  अपरान्ह पछि विस्तारै सुधार हुँदै जानेछ ।