फिलिपिन्सको टाल ज्वालामुखीबाट लाभा निस्किन थालेपछि विस्फोट हुने त्रास

२८ पुस, काठमाडौं । फिलिपिन्समा एउटा सक्रिय ज्वालामुखी पर्वतबाट लाभा निस्किन थालेपछि अधिकारीहरूले “केही घण्टा वा दिनभित्र” “डरलाग्दो विस्फोटन” हुन सक्ने चेतावनी दिएका छन्।

राजधानी मनिलाबाट ७० किलोमिटर दक्षिणमा रहेको टाल ज्वालामुखीबाट सोमवार बिहान लाभा निस्किन थालेको थियो।

ज्वालामुखीबाट पहिले खरानीको एउटा विशाल थुप्रो निस्किएपछि उक्त क्षेत्रबाट झन्डै आठ हजार मानिसलाई अन्यत्र सारिएको थियो।

टाल फिलिपिन्सको दोस्रो सक्रिय ज्वालामुखी हो।

एउटा विशाल तालको बीचमा अवस्थित द्वीपमा भएको उक्त ज्वालामुखी पर्वतलाई विश्वकै साना ज्वालामुखीमध्ये मानिन्छ। विगत ४५० वर्षमा त्यो ज्वालामुखी कम्तीमा ३४ चोटि विस्फोटन भएको अभिलेख छ।

लाभाको फोहरा निस्किँदा चट्याङ परेको र बिजुली चम्किएको उसले जनाएको छ।

तर फिभोल्क्सले विस्फोटनको चेतावनीको तह बढाएर तीनबाट चारमा पुर्‍याएको छ। चेतावनीको अधिकतम तह पाँच हुन्छ।

अधिकारीहरूले ज्वालामुखीका कारण सुनामी आउन सक्ने चेतावनी पनि दिएका छन्।

वीवीसी नेपाली सेवाकाे सहयाेगमा