२८ पुस, काठमाडौं । नक्कली प्रहरी बनेर ठगी गर्ने दुइ जना पक्राउ परेका छन ।
झापा गौरीगंञ्ज गाउँपालिका-१ बस्ने वर्ष २८ को पर्शुराम महत्तो र सोही गाउँपालिका-३ बस्ने वर्ष २० को जिवन दासले आफुहरु १ नम्बर प्रदेश प्रहरी कार्यलय बिराटनगरको सिआइवी प्रहरी भएको भन्दै आलमसंग ७ हजार रुपैया असुली गरेका थिए ।
घटनाबारेमा स्थानीयलाई शंका लागे पछी ईलाका प्रहरी कर्यालय राजगढमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनासाथ उक्त स्थान तर्फ खटिएको प्रहरीको टोलीले दुबैजनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय झापामा पुर्याएको छ ।
घटनाबारेमा थप अनुसन्धान कार्य भईरहेको उक्त कार्यालयले जनाएको छ ।








