२९ पुस, काठमाडौं । आज मंगलबार सुनकाे भाउ घटेकाे छ ।

हिजाे साेमबार छापावाला सुन प्रतिताेला ७४ हजार ८ सय रहेकाेमा आज मंगलबार छापावाला सुनकाे मुल्य ७४ हजारमा झरेकाे छ ।

त्यस्तै तेजावी सुन ७३ हजार ७ सय र चाँदीकाे मुल्य ८ सय ८० रूपैंया रहेकाे नेपाल सुन चाँदी महासंघले जनाएकाे छ ।