२९ पुस, काठमाडौं । राजधानी काठमाडौंमा एनसेलका दुईवटा टावरमा आगजनी भएको छ ।

काठमाडौंको दक्षिणकाली नगरपालिका-८ छैमले र तारकेश्वर नगरपालिकाको जितपुरफेदीमा रहेको एनसेल टावरमा सोमबार राति आगजनी भएको हो ।

आगजनीको जिम्मा हालसम्म कसैले लिएको छैन ।

आगजनीका कारण टावरमा क्षति पुगेपछि वरपरको क्षेत्रमा सेवा अवरुद्ध भएको छ ।