नेपाल आइडल प्रतियोगी प्रतिभाशाली गायक महेन्द्र राज बरालले आफ्नो चौथो गीत ‘बोलीदेउ सान्नानी’ सार्वजनिक गरेका छन । लोक आधुनिक शैलीको ‘बोलीदेउ सान्नानी’मा गायक महेन्द्र राज बराल र चर्चित गायिका मेलिना राईको युगल स्वर रहेको छ ।

गीतमा शब्द र संगीत लोकप्रिय संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको संगीत संयोजन उदय राज पौडेलले गरेका हुन् ।

म्युजिक भिडियोमा महेश खड्का र सृष्टी खड्काको अभिनय रहेको छ । भिडियोलाई शिव बिकले कोरियोग्राफी गरेका हुन् ।निशान घिमिरेले भिडियो सम्पादन गरेका छन् । अमृत सुनुवारको निर्देशन तथा छायांकनमा भिडियो तयार भएको हो । मनिराम बराल ( लायन ) ले भिडियो निर्माण गरेका हुन् ।

महेन्द्र राज बरालको अफ़िसिएल युट्युव च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो । गीतलाई मिडिया हाउस तथा दर्शक बाट सकारात्मक प्रतिक्रिया प्राप्त भैरहेको छ ।