२९ पुस, काठमाडौं । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि भारतीय राजदूत पठाउने भएको छ ।

परराष्ट्र मामलाका जानकारका रुपमा रहेका क्वात्रालाई नेपाल पठाउने जानकारी भारतले नेपालको परराष्ट्र मन्त्रालयलाई गराएको छ ।

उनि अहिले पनि फ्रान्सका लागि भारतीय राजदूतका रुपमा कार्यरत रहेको बताइएको छ ।

दक्षिण एशियाली प्रभाव र नेपाल भारत सम्बन्धलाई मध्यनजर गर्दै परराष्ट्र मामिलामा लामो अनुभव भएका क्वात्रालाई भारतले नेपालका लागि राजदूत पठाउन लागेको हो ।