२९ पुस, काठमाडौं । संसदीय समितिले भूकम्पले क्षतिग्रस्त बनेको नेपालकै पहिलो संसद भवन भत्काएर स्टेट हाउस बनाउन निर्देशन दिएको छ । 

विकास तथा प्रविधि समितिको मंगलबार बसेको बैठकले भूकम्पबाट क्षतिग्रस्त भवन भत्काएर नयाँ भवन बनाउन भनेको हो।

नयाँ भवन पुरानै स्वरूपमा बनाउन पनि समितिले सरकारलाई भनेको छ।

समितिकी सभापति कल्याणली खड्काले पुरानो कला संस्कृति झल्कने गरी नयाँ भवन बनाउन निर्देशन दिएकी हुन् ।