१ माघ, काठमाडौं ।  बुधबार सांझबाट नेपाल प्रवेश गर्ने पश्चिमी न्यून चापीय प्रणालीका कारण देशका थोरै स्थानहरुमा हल्का वर्षा हुनुका हिमपातको सम्भावना रहेको माैसम विभागले जनाएकाे छ ।

यो प्रणालीका कारणले बिहीबार देशको मध्य तथा पश्चिमी क्षेत्रमा सामान्य बदली हुने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का देखी मध्यम हिमपातको संभावना रहेको माैसमविदले बताएका छ।

साथै मध्य तथा पश्चिमी पहाडी तथा तराईका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र केहि स्थानहरुमा भारी वर्षाको संभावना समेत रहेको छ।

देशको पूर्वी भु-भागमा बिहिवार आंशिक देखि सामान्य बदलि भई १-२ स्थानहरुमा हल्का वर्षा हिमपातको संभावना रहेको माैसम विभागकाे बुलेटिनमा उल्लेख छ ।

यस प्रणालीको प्रभाव देशभर शुक्रबार सम्म नै रहने र शुक्रबार समेत वर्षा र हिमपातको संभावना रहेकोले आवश्यक सतर्कता अपनाउन माैसम विभागले अनुरोध छ ।