१ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माघी तथा माघेसङ्क्रान्तिका अवसरमा शुभकामना दिएका छन ।

विज्ञप्ती जारी गरेरे प्रधानमन्त्री ओलीले नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका छन ।

माघि पर्वका अवसरमा उनले दिएकाे सन्देशमा भनिएको छ, “हाम्रो देशका हरेक जातिले मनाउने मौलिक पर्वहरु यहाँको प्राचीन संस्कृतिसँग मात्र होइन, प्राकृतिक विज्ञानसँग पनि सम्बन्धित छन् । यी पर्वहरुले हामीलाई परस्पर सहिष्णुता, सद्भाव र सुदृढ एकतामा आबद्ध गरेका छन् ।