लौन कोमल ओली लौन मेक्सम खाती’ गीत सार्वजनिक भएकाे छ ।

मेक्सम खाती र राष्ट्रिय सभाकी सांसद तथा गायिका कोमल ओलीको आवाज रहेको यस गीतमा शब्द भने नरेश खातीको रहेकाे छ ।

भिडियाेमा मेक्सम, नरेश र कोमलको अभिनय रहेको छ ।

गीतमा गायक नरेशले कोमललाई सानैदेखि मन पराएको उनैलाई पाउने सपना बुनेको भावलाई समेटिएको छ ।

कोमलले सानै रहेको भन्दै सम्झईरहेकी छिन् । गीत गायक स्वयं खातीको अफिसियल युट्युव च्यालनमार्फत सार्वजनिक गरिएको छ ।