र्‍यापिड डाइग्नोस्टिक टेष्ट आरडीटीबाट दुई दुई पटक परीक्षण गर्दा पनि एन्टिबडी पोजेटिभ देखिएकी पोखराकी एक महिलाको पिसिआर मेसिनमा कोरोना भाइरसको परिक्षण रिपोर्ट भने नेगेटिभ आएको छ ।

मंगलबार रगतमा एन्टीबढी परिक्षण गर्दा पोजेटिभ नतिजा आएपछि उनी कोरोना भाइरस संक्रमित भएको आशंका गरिएको थियो । पोखरा (१२, ढिकालेथरकी ती महिलामा एन्टिबडी पोजेटिभ देखिएको भए पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा स्वाब परीक्षण गर्दा नतिजा नेगेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशक डा। विनोद विन्दु शर्माले बताएका छन् ।

५५ बर्षीया ती महिला २७ दिन अघि दुबईमा रहेका आफ्ना छोरालाई भेटे नेपाल फर्किएकी थिइन् । बुधबार पोखरा महानगरपालिकाका १० र १२ वडाका ३४ जनाको र्‍यापिड डाइग्नोस्टिक टेष्ट गर्ने क्रममा उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

Source-samadhan