नेपाली कांग्रेस वडा ईकाई पोखरा १७ ले शहरी स्वास्थ्य केन्द्रलाई पिपिई लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । कोरोना भाईरस संंक्रमणबाट जोगिनुका साथै बिरामीहरुलाई सुरक्षित तवरबाट उपचार प्रदान गर्नका लागि सहज होस भन्ने हेतुले स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको नेपाली कांग्रेस पोखरा १७ का सभापती देवराज आचार्यले बताउनुभयो ।


महागरपालिकाभित्र पनि अत्याधिक जनघनत्व भएको वडामा हुन सक्ने कोरोनाको जोखिमलाई न्यूनिकरण गर्नका लागि राज्यले गरिरहेका गतिविधीमा कांग्रेसले पनि सहयोग गरेको जिल्ला सदस्य पुण्डरी प्रसाद बरालले बताउनुभयो ।


नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष बिमला भण्डारीले कोरोना संक्रमणको जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मिलाई आवश्यक सामाग्री को ब्यवस्था गर्न सकेमा उनीहरुले सहज वातावरणमा कार्य सम्पन्न गर्न सक्ने बताउँदै उक्त कार्यको व्यवस्थापनमा सबै पक्ष लाग्नुपर्नेमा जोड दिनुभयो ।


स्वास्थ्यकर्मिहरुको सहजताका लागि शहरी स्वास्थ्य केन्द्र वडा नं १७ लाई पिपिई , एन नाईन्टी फाईभ मास्क, ज्वरो मापनका लागि थर्मगन, लगायतका सामाग्री प्रदान गरिएको सचिव डिआर भट्टराईले जानकारी दिनुभयो ।


शहरी स्वास्थ्य केन्द्रकी प्रमुख निर्मला अर्याल ज्ञवालीले कोरोनाको त्रासका बेला प्राप्त भएको स्वास्थ्य सामाग्रीले बिरामीलाई सेवा प्रदान गर्न सजिलो हुने धारणा राख्नुभयो ।


उक्त हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस कास्कीका जिल्ला सदस्य यूवक लामिछाने, नम्रता बराल, वडा कार्यसमितिका पदाधिकारी, सदस्यहरु, बुथ सभापती लगायतको उपस्थिती रहेको थियो ।