जिल्लावासीको हितमा माउन्टेन मगः पर्वतलाई दियो २५ सय थान सर्जिकल मास्क ।

पर्वत ।


बिरामीको उपचारमा खटिने स्वास्थ्यकर्मीलाई नै मास्कको संकट परिरहेको अबस्थामा माउन्टेनमगले गरेको यो सहयोगले ठूलो राहत पुर्याएको मोदी गाउँपालिकाका प्रबक्ता बिमल लामिछानेले बताउनुभएको छ । माउन्टेनमग कफी पर्बतका युवा नेता तथा उद्यमी प्रकाश लामिछाने नेतृत्वको सस्थाले नेपालका प्रतिष्ठित होटेल ब्यबसायी समुहको साझेदारीमा सन्चालन गरेको सस्था हो । करिब ८० लाख लगानीमा ३ महिना पहिले सुरुवात गरिएको यो कफीले बिश्वस्तरिय प्रशोधन बिधिबाट प्रशोधित कफी भर्खर प्रीओपनिङ्ग गरिएको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा रहेको माउन्टेनमगको आफ्नै कफी सपबाट बिक्रि गरिरहेको थियो। कोरोना सङ्क्रमण अन्त्यलगत्तै काठमाडौ,पोखरा र जापानमा थप आफ्नै कफी सप सन्चालन गरि बिक्रीवितरण गर्ने योजना रहेको जानकारी गराइएको छ । यहाँको कफि नेपाल सहित विदेश सम्म खपत भइरहेको छ ।

पर्बतमा उत्पादित कफिको प्रबर्द्धक संस्था माउन्टेन मग कफीले पर्वत जिल्लाका स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीको उपचारसेवाको सहजतालाई २५ सय थान सर्जिकल मास्क उपलब्ध गराएको छ ।
माउन्टेनमगले विश्वव्यापी माहमारीको रोकथाममा टेवा पु¥याउन पर्वत जिल्लाको कोरोना अस्पताललाई लागि एक सय पिस र अन्य नगर तथा गाउँपालिकामा रहेका सम्पुर्ण ग्रामिण स्वास्थ्यचौकीको लागि ५०÷५० पिस सहित २५ सय पिस सर्जिकल मास्क राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनालाई हस्तान्तरण गर्दै उपलब्ध गराउन सस्थाका निर्देशक सुशील ढकाललाई जिम्मा लगाइएको हो ।