पर्वत ।
लोक कलाकार तथा सर्जक शक्ति क्षेत्रीले हरितालीका तिजलाई लक्षित गर्दै ‘पारीको सङी २’ ल्याउन लागेका छन् । विगत बर्ष झै उनले यो बर्षको हरितालीका तीजको सन्र्दभमा अडियो र भिडियो एकै पटक सार्वजनीक गर्दै छन् । झझल्को डिजिटल म्यूजीक कम्पनीको व्यानरमा यो भाका सार्वजनीक हुन लागेको हो । सर्जक क्षेत्रीका अनुसार कोरोनाको कहरका विचमा ‘पारीको
सङी २’ युटुव मार्फत सार्वजनीक गर्न लागिएको छ । यसपाली कोरोना भाइरसका कारण स्टेज कार्यक्रम सार्वजनीक नभएको समयमा यसलाई युटुव र रेडियो मार्फत मनोरञ्जन दिने उनको सोच छ ।


सदरमुकामका आमा समुह


‘ तिजको बेला छ ,गामभरी मेला छ पारीको सङीले भेट्न बोला छ गीतको मुख्य थेगो हो । यहाँका चर्चीत स्थानीय कलाकारहरुले यसमा अभिनय गरेका छन् । सदरमुकामका आमा समुहलाई समेत यहाँ देख्न सकिन्छ ।
शक्ति क्षेत्रीको सिर्जनामा आउन लागिएको गीतमा कुशल बिश्वकर्मा र बिष्णु परियारले
स्वर दिएका छन् । यसमा शिल्पा कार्की र खुम मगरको मुख्य अभिनय देख्न सकिन्छ । मुख्य निर्देशन प्रेम थापाको छ । भने,क्यामरा पर्सन जीवन सेंचुरीले गरेका छन् ।