पर्वत ।
कोरोना भाइरस रोकथम गर्न नेपाल सरकारले मास्क र स्नेटराइजरलाई अनिवार्य गरेको छ । पर्वत जिल्लाका औषधीजन्य व्यवसायहरु मात्रै मास्क १० हजार प्रति र स्नेटराइजर एक हजार लिटर स्टकमा रहेको पाइएको हो ।

जिल्ला प्रसासन कार्यालयले आज गरेको अनुगनमा औषधीजन्य व्यवसायहरुमा यस्तो भेटियो भने अन्य कपडा पसल,किरना पसल,तरकारी पसलमा समेत ठूलो मात्रमा स्वास्थ्यउपकरणहरु पाइएकाले अभाव नरहेको निश्कर्ष निकालेको छ । अनुगमनको निश्कर्ष निकाल्दै प्रसासकिय अधिकृत घनश्याम गौतमले स्वास्थ्यउपकरणहरुको व्यवस्थापन गर्न यहाँका सवै व्यवसायीहरु जुटन आवश्यक रहेको औंलाउनुभयो ।

जिल्ला सुरक्षा तथा सिसिएमसीले मास्क नलाई हिँडनेलाई कार्वाही गर्न थाले पछि नागरीकहरुमा सचेतना वढेको पाइएको छ । प्रसासनले तत्काल यसको खुद्रा विक्रिमा एकरुपता पाइएको बताएको छ । जिल्लाका ग्रामीण क्षेत्रहरुमा स्वास्थ्यउपकरणको कारोवार गर्दा बिक्रि मुल्य एकै किसिमको गर्न अनुरोध गरेको छ । कोरोना भाइरस अहिले समूदायस्तरमा देखिन थालेका कारण सवैलाई स्वास्थ्य सचेतना अपनाउन पनि अनुरोध गरेको छ । अनुगमनमा प्रसासन,कुस्मा नगरपालिका,उद्योग बाणिज्य संघ ,घरेलु कार्यालय ,प्रहरी र पत्रकार माहसंघका प्रतिनिधिहरुको सहभागिता थियो ।