पर्वत ।

पूर्वाधार कार्यालय पर्वतका प्रमुख दायाराम अधिकारी र रुणदल गुल्मका मेजेर अर्जुन दुलाललाई आज विदाई गरिएको छ ।  यस्तै,ससस्त्र प्रहरी उपरिक्षक बिजय कुमार के.सी र रुणदल गुल्मका मेजर रमेश थापालाई स्वागत गरिएको छ ।

कर्मचारी मिलन केन्द्र पर्वतले जिल्ला प्रसान कार्यालय पर्वतमा आयोजना गरेको विदाइ तथा स्वागत कार्याक्रमा बोल्दै सुरुवा भएकाद्दय अधिकारी र दुलालले पर्वत जिल्ला कार्यक्षेत्र रहेर आफुहरुले गरेको कार्यमा यहाँका आम नागरीक,कर्मचारी,पत्रकारले गरेको सहयोग र सदभावको प्रसंसा गरेका थिए । उनीहरुले कार्य सम्पादनको क्रम्मा जानअनजान केहि कमजोरी भएको भए क्षमा समेत माग्दै यहाँको बसाइ जीवन्त रहेको बताएका थिए ।

कार्यक्रममा बोल्दै कर्मचारी मिलन केन्द्रका संरक्षक तथा प्रमुख जिल्ला अधिकारी शम्भप्रसाद रेग्मीले सरुवा भइ जान लागेका दुवैको कार्यले जिल्लाको पूर्वाधार बिकास सहित विपद व्यवसथापनमा खेलेको भूमिका अहम रहेको भन्दै धन्यवाद ब्यक्त गर्नुभयो । उहाँले जिल्ला भित्रिएका अर्का ससस्त्र प्रहरी उपरिक्षक र सेनाका मेजरलाई सँगै हातेमाले गर्दै काम गर्ने प्रतिवद्धता जनाउनुभयो ।

यस्तै कर्मचारी मिलन केन्द्रका प्रमुख संरक्षक जिल्ला न्यायधिस सुर्यबहादुर थापाले सरुवा प्रकृया नियमित रहेको हँदा जहाँजता रहे पनि कर्मचारी कार्य सम्पादनमा दत्तचित हुनुपर्ने कुरा बताउनुभयो । कर्मचारी मिल्न केन्द्र पर्वतका अध्यक्ष तथा कुस्मा नगरपालिकाका प्रसासकीय अधिकृत हरि पंगेनीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन केन्द्रका सचिव बिमलप्रसाद गौतमले गर्नुभएको थियो ।