पर्वत ।

नेपाली लोकसंगितको क्षेत्रमा लामो समयदेखि लागेका सर्जक शिव सुवेदीले नेपाली परिवेशलाई समेटदै कलाकारहरुलाई एउटै मालामा बुनेका छन् । हाल मात्रै उनको युटुयव मार्फत सार्वजनिक भएको ‘अति भयो अति ’ बोलको गीतले देशको कृषि क्षेत्र,बेरोजगार,बेथिती,कुसंस्कारलाई देखाउने प्रयास गरेको छ । न्याय पाउन पहँचको दबदबा,जनतन्त्र आउन नसकेको,देशको सिमामा अन्य देशको आँखा,बिकटमा गरिब जनता उपचार पाउन नसकेको,राजनीती गर्नेहरु सम्पत्तिमा लिप्त भएको,देशका नदीनाला बेच्ने सम्झैता,बैदेशिक रोजगारीमा नेपाली जानुपर्ने अवस्था,कोरोना रोकथाममा विधिविधान अपनाउन नसकेको, नेतृत्वकर्ता जनताको लायक हुन नसकेको वास्तविक अवस्थाको चित्रण यो गीतले गरेको पाइन्छ ।
पुष्पाञ्जल म्युजिकको व्यानरमा यो गीत निमार्ण गरिएको छ । शिव सुवेदीको सिर्जनामा सार्वजनिक ‘अति भो अति’ गीतमा कुलेन्द्र विश्वकर्मा,सम्झना भण्डारी,खेम सेन्चुरी,सुनिता बुढा क्षत्री,सूर्य खड्गा,मञ्जु पौडेल,बिक्रम परियार,कमला पोखरेल,नरेश खाती र टिका सानुको आवाज समावेश भएको छ । यो गीतको संगित संयोजन अर्जन पोखरेलले गरेका हुन । मालाश्री रेकडि¨ स्टुडियोमा यो सिजर्ना उत्पादन भएको हो । भने, यसको भिडियो निर्देशन बिनोद भण्डारीको छ । यसमा उनीहरु सहित अन्य सर्जकहरुले गीत र भिडियो निमार्णमा योग्दान पु¥याएको पाइन्छ ।
भिडियोमा हेरौ अति भयो अति ’यस्तो छ ।