पर्वत ।
एक अर्ध ब्यक्तिले कुस्मा ७ का स्थानीय महिलाहरु माथि अपाच्य व्यवहार गर्न थाले पछि यहाँका स्थानीयहरुले आक्रोस पोखेका छन् । साविक बनौं घर भएका मगर जातका उनले कुस्माबजारका महिला माथि अपाच्य व्यवहार गर्दै यातना दिएका छन् । घरमा पुरुष नभएको मौकामा उसले महिलाहरु माथि अभद्र शब्द बोल्ने,रकम माग्ने,थुक्ने,ढ¨ा प्रहार गर्ने जस्ता गतिबिधिहरु बढाउदै शान्ति सुरक्षामा खलवल ल्याएका पु¥याउने काम गरेको थियो । पटक पटक प्रहरी समक्ष उसलाइ व्यवस्थापन गर्न यहाँका स्थानीयहरुले आग्रह गरे पनि मानसीक अवस्था कम्जोर भएको हँदा थुनन नमिल्ने भन्दै प्रहरीको दायरामा ल्याउन नसकिएको प्रहरी स्रोतले बताएको छ ।


हाल उक्त ब्यक्तिका नकरात्मक गतिबिधि बढे पछि कुस्मा बजारका स्थानीयहरु प्रमुखजिल्ला अधिकारी समक्ष पुग्दै नियन्त्रण गर्न माग सहित हस्ताक्षरीत निवेदन दिएका छन् । कुस्मा ७ का स्थानीयहरु रजतदिप श्रेष्ठ,केदार कर्मचार्य,महेन्द्र श्रेष्ठ,रमाकान्त पौडेल सहित संकलित हस्ताक्षरीत निवेदन प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीलाई बुझाएका हुन् । निवेदन दिदैं उनीहरुले उक्त व्यक्तिका अपाच्य खालका गतिबिधिहरुले समाजमा नकरात्मक सन्देश प्रवाह गरको हुँदा नियन्त्रण गरिदिन माग गरेका छन् । यस्तै,प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले उक्त ब्यक्तिको बारेमा नियन्त्रणको गुनासो प्राप्त भइसकेकाले पहल गर्दै गरेको सुनाए ।

सो ब्यक्तिलाई सुधार गृहले तत्काल कोरोना भाइरसका कारण लिन नमानेकाले समस्या हालै समाधान गर्न नसकेको सुनाए । यस विचमा प्रहरी र स्थानीय पालिकासँग छलफल गर्दै शान्ति सुरक्षा दिन पहल गरेको समेत बताएका थिए । स्थानीयले,निवेदन दिइ शिघ्र उक्त ब्यक्तिलाई विस्थापन गर्न माग गरेका छन् ।