पर्वत ।
बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी सस्थाले पर्वत जिल्लाको कुस्मा बजारमा सेवा केन्द्र सुरु गरेको छ ।
सहकारीले पहिलो पटक कुस्मा बजारमा सेवा केन्द्र स्थापना गरेको हो । कुस्मामा रहेको आफ्नै भवन वाट सेवा केन्द्र संचालनमा आएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी संविधान सभाका सदस्य अर्जुन प्रसाद जोशीले मुलुकको अर्थनीतिमा सरकारले सहकारी क्षेत्रलाई पनि एक खम्बाको रुपमा राखेपछि यो क्षेत्र फस्टाएको भन्दै सिवाईसी सहकारीले पछिल्लो समय वित्तीय सेवामा फड्को मारेको वताउनु भयो । सदस्यको मागका आधारमा सिवाइसी सहकारीले सवै खालका वित्तिय सेवा दिन सफल भएको वताउनु भयो । सफ्टवेयरमार्फत डिजिटल कारोबार,एटिएम एप्स र मोवाईल बैकिङ मार्फत सिवाईसीले आफूलाई धौलागिरी क्षेत्रमा अब्बल स्थापित गरेको वताउनु भयो ।
सिवाईसी वचत तथा ऋण सहकारी सस्थाका केन्द्रीय संचालक समितिका अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस पर्वतका पूर्वपार्टी सभापति नवराज गुरुङ,कुस्मा नगरपालिकाका उपप्रमुख सीताकाफ्ले लामिछाने,गण्डकी छापाका केन्द्रिय उपाध्यक्ष गण्डकी थापा अधिकारी,सल्लाहकार सीता शर्मा,विश्वहिन्दु माहसंघ पर्वतका अध्यक्ष लोकनाथ आचार्य,उधोग बाणिज्य संघ पर्वतका उपाध्यक्ष गोपी अधिकारी, सिवाईसी केन्द्र पर्वतका शियर धनी सरस्वती शर्मा जिज्ञासु लगायतले बोल्नुभएको थियो ।


गुप्तेश्वर सदस्य सेवा केन्द्र सिवाईसी पर्वतका अध्यक्ष किशोर भण्डारीले स्वागत मन्तवय राखेको सो कार्यक्रमको संचालन गुप्तेश्वर सिवाईसी सदस्य सेवा केन्द्र पर्वतका सचिव सुरेन्द्र पौडेलले गर्नुभएको थियो । यो सहकारीले पर्वतको कुस्मामा एटिएम सहितको सेवा केन्द्र स्थापना गरेको छ । सफ्टवेयरमार्फत डिजिटल कारोबार,एटिएम एप्स र मोवाईल बैकिङ मार्फत सिवाईसीले आफूलाई धौलागिरी क्षेत्रमा अब्बल स्थापित गरेको केन्द्रका प्रमुख अध्यक्ष चण्डी प्रसाद शर्मा पौडेल बताउनुभयो ।