पर्वत ।
कालीगण्डकी करिडोर प्रसारण लाइन पर्वत सब–स्टेसन निमार्ण गर्दा स्थानीय जनता र स्थानीय वडा अनुकुल काम नगरेको प्रति खुर्कोटवासीले आपत्ति जनाएका छन् ।
वडाध्यक्ष यादुनाथ बास्तोलाद्धारा जारी गरिएको विज्ञप्तीमा आयोजनाको काम निमार्णलाई सहजता प्रदान गर्दै जिल्ला प्रसासन समक्ष भूमिका निर्वाह गर्दै काम गर्ने शिलशिलामा वडाले खेलेको भूमिका समेत सार्वजनिक नभएको भन्दै दुख ब्यक्त गरेका छन् । ९७ प्रतिशत मात्रै काम सम्पन्न गर्दै कालीगण्डकी करिडोर प्रसारण लाइन पर्वत सब–स्टेसनको उद्घाटन गरिएको भन्दै वडाले यसको खण्डन समेत गरेको हो । भौतिक पूर्वाधार पुरा नहुदै हतारमा गरिएको उद्घाटनले आम जनताको आँखामा छारो हालिएको समेत विज्ञप्तिमा भिनिएको छ ।
राष्ट्रिय प्राथमिकता प्राप्त कालीगण्डकी प्रसारण लाइन करिडोर आयोजना अन्तर्गत २ सय २० केभी क्षमताको पर्वतको खुर्कोटदेखि म्याग्दीको दानासम्मको सवस्टेसनको उद्घाटन बिहिबार गरिएको छ । वडाध्यक्षले समस्या समाधान गर्न जनतालाई बिकासमा सँगै लगेका कारण काम भएको थियो । तर,जनप्रतिनिधि र स्थानीयलाई हानी पु¥याउँदै यो आयोजनाले काम गर्दा समेत सुनुवाई हुननसकेको जनाइएको छ ।









