पोखरा । पोखरामा जारी १९ औ संस्करणको आहा रारा गोल्डकप फुटबलको दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

पोखरा रंगशालामा हुने दोस्रो सेमिफाइनलमा विभागीय टिम नेपाल पुलिस क्लब र अफ्रिकन रुट एसोसियसनबीच प्रतिस्पर्धा हुनेछ ।

पुलिस र अफ्रिकनबीचको खेल दिउँसो २ बजे सुरु हुनेछ ।

आज दुबै टिम जित निकाल्दै उपाधि नजिक पुग्न चाहन्छ ।

आहा राराकै सर्वाधिक सफल टिम पुलिसले क्वाटरफाइनलमा थ्री स्टारविरुद्ध ४-० को जित निकालेको थियो ।

यस्तै पहिलो पटक खेलिरहेको अफ्रिकनले मछिन्द्र क्लबलाई २-१ ले स्तब्ध बनाएको थियो ।

यस खेलको विजेताले उपाधिका लागि संकटा क्लबसँग खेल्नेछ ।
संकटा क्लब एपीएफलाई हराएर फाइनल पुगिसकेको छ ।