सोमबार, १३ बैशाख

नेपाल महिला संघ पोखरा नगर सभापती माया बराललाई कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । केहि समयदेखि रुघाखोकी र कम्मर दुख्ने लगायतका समस्या देखा परेपछि स्वास्थ्य जाँच गर्दा आईतबार कोरोना पोेजेटिभ देखिएको पारिवारिक श्रोतले जनाएको छ । बराललाई पोजेटिभ देखिए पनि उहाँको परिवारका सबै सदस्यहरुको रिपोर्ट आउन बाँकी रहेको छ । राजनैतिक एवं सामाजिक क्षेत्रमा क्रियाशिल बराल कोरोना पोेजेटिभ देखिए सँगै स्वास्थ्य सूरक्षाको मापदण्ड अपनाई डाक्टरको निगरानीमा आफ्नै निवासमा आराम गरिरहनुभएको छ । बरालले कोरोना संक्रमण बढिरहेको यस बिषम परिस्थीतीमा सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई दिदीबहिनी एवं महिला संघ परिवारलाई सूरक्षित रहन बिनम्रतापूर्वक आग्रह गर्दै आफुसँग सम्पर्कमा रहेका व्यक्तिहरुलाई सचेतना अपनाउन अनुरोध गर्नुभएको छ । घाँटी दुख्ने, कम्मर दुख्ने, लामो समय सम्म रुघाखोकी लाग्ने , थकान महशुस हुने लगायतका समस्या आफूलाई देखिएको र यस्ता लक्षण देखिएमा सबैले ख्याल राख्नुपर्नै उहाँको भनाई रहेको छ ।