पर्वत ।
आगलागीबाट घर जलेर नष्ट भएका कुस्मा नगरपालिका २ खुर्कोटका लिला कुमारी जैसीनीलाई ९४ हजार ६ सय ९२ रुपयाँ आर्थिक सहयोग प्राप्त भएको छ । पर्वत समाज जपानका महासचिव राम बास्तोलाको पहलमा उक्त रकम संकलन सहित आज प्रदान भएको हो । कुस्मा नगरपालिकाका वडा अध्यक्ष यादुनाथ शर्मा बास्तोला र वडा सदस्य शान्ति कुमालले आज सो रकम परिवारलाई प्रदान गर्नुभएको हो । रकम प्रदान गर्दै वडाध्यक्ष यादुनाथ शर्मा बास्तोलाले दुखमा परेको परिवारलाई जपान समाजले गरेको सहयोग प्रति कृतज्ञता ब्यक्त गर्नुभयो ।

यस्तै माहसचिव राम प्रसाद बास्तोलाले आफुहरु प्रवासमा रहेर पनि विपतमा परेका परिवारलाई समाजले सहयोग गर्न सधै अग्रसर रहेको भन्दै यस्ता घटना अब न्यून भएको सुन्ने पाउने संकलप गरेको सन्देश वडा सदस्य शन्ति कुमालले परिवारलाई सुनाउनुभएको थियो । सहयोग प्राप्त पीडित लिला कुमारी जैसीनीले पर्वत समाज जपानले विपतमा सहयोग गरेको भन्दै धन्यवाद ब्यक्त गर्नुभएको हो । सहयोग हस्तान्तरण कार्यक्रममा खुर्कोटका समाजसेवीहरुको सहभागिता थियो ।








