पर्वत ।

कुस्मा नगरपालिका ११ पकुवा सिल्मी रानीशंवारा बस्ती अबिरल बर्षका कारण जोखिममा परेको छ । स्थानीय भरत के.सी बस्ने घरको आगनबाट पहिरो जाँदा परिवार बिस्थापीत भएका छन् । उनीहरुलाई अन्यत्र सारीएको स्थानीय पंकज पौडेलले बताउनुभयो । उहाँका अनुसार त्यहाँहका ७ परिवारको खेतीयोग्य ५० रोपनी जग्गा पहिरोले बगाएको छ । बार्षिक ३५ मूरी धान खेति हुने उक्त जग्गा पहिरोले बगाएसँगै खाद्ययान संकटको समस्यामा ती परिवार परेको छन् । वडाध्यक्ष शिवप्रसाद शर्माले उक्त क्षत्रको अबलोकन गर्दै पहिरोले बगाएको जग्गा खेती गर्ने नहुने भन्दै नगरपालिकासँग व्यस्थापनको माग गर्नुभएको छ ।

उहाँका अनुसार कुस्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी सहितले थप अध्यायन पछि क्षतिपुर्तिलाई नगरपालिकाले पहल गर्ने बताउनुभयो । यस्तै,जिल्ला प्रसासन कार्यालयलका प्रमुख जिल्ला अधिकारी देवी पाण्डेका अनुसार पिडित परिवारको सुरक्षामा स्थानीय सरकारले पहल गरेसँगै आफुहरु पनि जुट्ने बताउनुभएको छ ।