पहिरोका कारण विस्तापित जलजला गाउँपालिका धाइरिङका ३१ परिवार बहाल घरमा बस्न थालेका छन् । जलजला गाउँपालिकाले बहालमा बस्दा लाग्ने घर भाडा खर्च र खाद्य सामाग्री दिने निर्णय गरको छ । ३१ परिवारलाई हालै गाउँपालिकाले नगद २ लाख रुपयाँ उपलब्ध गराएको गाउँपालिकका अध्यक्ष याम बहादूर मल्लले बताए ।
अध्यक्षले भने–‘हामीले तत्कालै विस्थापितको सुरक्षाका लागि यो निणर्य गरेका हौं’ बर्खायाम सकिना साथ उनीहरुको दिर्घकालिन जोहलाई प्रदेश र संघिय सरकार समक्ष आफुले सहयोग गर्ने छु ।’ यो विपतमा तीनै तहका सरकारले भूमिका निर्वाह गर्नुपर्छ उनले भने । जिर्ण विद्यालयमा बसेका विस्थापित परिवार बस्ने संरचना मर्मत गरिदिए पछि सुरक्षाको महसुस गरेको विस्तापित हीरा नेपालीले बताए ।








